एनसेल बाह्रखरी गल्फको पूर्वसन्ध्यामा पोखरामा साइकल यात्रा

एनसेल बाह्रखरी गल्फको पूर्वसन्ध्यामा पोखरामा साइकल यात्रा

gulff cycle

तस्वीरः बाह्रखरी

एनसेल बाह्रखरी गल्फको पूर्वसन्ध्यामा आयोजक बाह्रखरी मिडियाले पोखरामा साइकल यात्रा गरेको छ । साइकलयात्रामा पोखरामा साइकल चलाइरहेका र हिमालयन राइडरहरूको सहभागिता थियो ।

शुक्रबार बिहान पोखराको खहरेचोकबाट सुरु भएर हल्लन चोक, सहिद चोक, रत्न चोक, हस्पिटल चोक हुँदै गल्फ कोर्ससम्म साइकल यात्रा गरेका थिए । साइकल यात्राको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले गरेका थिए ।

उनले रिबन काटेर साइकल यात्राको आरम्भ गरे । उद्‌घाटनअघि उनले पोखराको पर्यटन जुर्मुराउने अवस्थामा बाह्रखरी मिडियाले राम्रो सन्देश प्रवाह गर्न गरेको गल्फ प्रतियोगिताले पयर्टन आगमनमा राम्रो सन्देश जाने बताए । साथै, उनले पोखरामा साइकल यात्रा गर्दै पर्यटकहरूलाई सुरक्षित तरिकाले निमन्त्रणा गरेको बताए ।

पाहुनालाई पोखरा विमानस्थलमा स्वागत

त्यस्तै, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले आफूहरूको पर्यटन प्रवर्द्धन गर्ने सकारात्मक प्रयासले सबै आन्तरिक तथा बाह्य पर्यटकमा राम्रो सन्देश दिँदै पोखरालाई पर्यटन क्षेत्रमा सहफल बनाउन सहयोग पुग्ने बताए ।

“हाम्रो यो सकारात्मक प्रयासमा सबैको साथ रहनेछ भन्ने विश्वास छ । त्यही विश्वासले नै गल्फ प्रतियोगिता आयोजना गरेका हौं । त्यसैको पूर्वसन्ध्यामा साइकलयात्राले पर्यटकलाई झनै हरियो बत्ती बालिदिएको महसुस भएको छ,” प्रधानले भने ।

यता साइकलयात्राका सहभागीले पनि पोखराको पर्यटन क्षेत्रमा यो यात्राले सहयोग पुग्ने बताएका छन् । उनीहरूले लामो समयसम्म अस्तव्यस्त बनेको पोखराको पर्यटन क्षेत्र झन् सहज हुने बताए ।

पोखरा महानगरपालिकाका प्रहरी निरीक्षक सुवास हमालले बाह्रखरीले यो साहस देखाएर पर्यटकहरूलाई पोखरामा आउन सहज वातावरण मिलाइदिएको बताएका छन् । उनले पोखरामा अब पर्यटकहरू आउन कुनै हिच्किचाहट नहुन बाह्रखरी गल्फले सकरात्मक सन्देश प्रवाह गर्ने बताए ।

गल्फमा ७५ बढी गल्फरले प्रतिष्पर्धा गर्ने

एनसेल बाह्रखरी गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिष्पर्धामा नेपालका कर्पोरेट ७५ भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्नेछन् । शनिबार १८ होलको पार ७० को कोर्षमा पोखरा, काठमाडौं, धरान, चितवन लगायतका गल्फरहरुले प्रतिस्पर्धा गर्नेछन् ।

सबैभन्दा कम ह्याण्डीक्याप गल्फर इन्स्पेक्टर जीवाराम गुरुङसहित पोखरेलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । कर्पोरेट गल्फ प्रतिस्पर्धाकै पूर्वसन्ध्यामा हिमालयन गल्फ कोर्षमा मन्थ्ली मेडल गल्फ आयोजना गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds