मनाङ । लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ ।
करीब दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले मनाङको आगो नियन्त्रणमा आउँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसमी परिवर्तनले पहाडी तथा तराई क्षेत्रमा वर्षा भएसँगै हिउँ परेपछि आगो स्वतः नियन्त्रणमा आउन लागेको लामिछानेले बताए। “हिउँ नपर्दा मनाङका जङ्गलमा लागेको आगो नियन्त्रणमा कठिन भएको थियो, आज बिहानैबाट हिउँ पर्न थालेपछि आगो नियन्त्रणमा आइरहेको छ, हिउँ पर्न थालेपछि पूर्णरुपमा आगलागी नियन्त्रणमा आउनेछ”, उनले बताए । मानव संशाधन प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको आगलागीलाई प्रकृतिले नियन्त्रण गरेको उनको भनाइ छ ।
लामो समयदेखि मनाङका विभिन्न जङ्गलमा लागेको आगोले केही गाउँ, बस्ती जोगाउन हम्मेहम्मे परेको थियो । हिउँ नपर्दा लागेको आगोले त्यस क्षेत्रका मानवीय बस्ती जोगाउन मुस्किल भएकै थियो भने जङ्गली जनावरको बासस्थान मासिएका छन् । कति जङ्गली जीवजन्तु मासिएका छन् भन्नेसमेत यकिन गर्न सकिएका छैनन् । मनाङको जङ्गलमा संरक्षित पशुपक्षीको बासस्थान मासिँदा स्थानीयवासीसमेत चिन्तित बनेका छन् । मनाङको जङ्गलमा घोरल, चितुवा, भालुलगायतका विभिन्न पशुपक्षीको बासस्थान मासिएको छ । मानव बस्ती जोगिए पनि जङ्गली पशुपक्षीको बासस्थान भने जोगिएको छैन ।
हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको नासो गाउँपालिका–८ ताजैगाउँकी स्थानीय काशी गुरुङले बताउनुभयो । “आगलागी हुँदा कैयौँ दिन खान र सुत्नसमेत सकेका थिएनौँ, हिउँ परेपछि आगो नियन्त्रणमा आएको छ, खुशी लागेको छ”, उनले भने । हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउनु र हिउँले उत्पादनमा टेवा पु¥याउने भन्दै मनाङवासी हर्षित भएका हुन् ।
सम्बन्धित खबर
मुख्य समयमै हिउँ नपरेपछि मनाङका स्थानीय चकित
मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प
पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत
जम्न थाले मनाङका नदी र ताल
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी