जगतगुरुद्वारा महाशिलाको भ्रमण

जगतगुरुद्वारा महाशिलाको भ्रमण

बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गरेका छन् । उहाँले पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गरेका हुन् । धार्मिक एवं पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको महाशिलाको अध्ययन तथा अवलोकनका लागि पहिलोपटक जगतगुरु महाशिला गाउँपालिकामा आइपुगेका हुन् ।

उहाँले शिलाको परिक्रमा गर्दै नवनिर्मित संरचना र महाशिला गुरुयोजनामा समेटिएका विषयवस्तुका बारेमा जानकारीसमेत लिए। जगतगुरुले महाशिलाको महिमा वर्णनयोग्य रहेकाले आफूले प्रकाशन गर्न लागेको कृतिमा समावेश गर्ने बताए । उहाँले कालीगण्डकीको तटीय क्षेत्र तथा गण्डक क्षेत्रमा पर्ने हुँदा यो शिला पुज्न योग्य रहेकोसमेत बताए ।

जगतगुरुलाई महाशिलाको बारेमा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, महाशिला संरक्षण तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुष्पराज पौडेललगायतले जानकारी गराए । जगतगुरु महाशिलाबाट फर्केर केही दिनका लागि पर्वतका पवित्र धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीमा बसेर प्रवचन दिने कार्यक्रम छ । उहाँले माघ २७ गतेसम्म कृष्णगण्डकी र शालिग्राम शिलाको बारेमा प्रवचन दिएँ।

महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षय तृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । महाशिलाको विकासका लागि गाउँपालिकाले यसअघि नै रु ७० करोडको विस्तृत परियोजना बनाइसकेको छ । सोहीअनुसार सङ्घ, प्रदेश र गाउँपालिकाको सहयोगमा अर्धनारीश्वरको मूर्ति स्थापना गर्न थालिएको छ भने१०८ धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ