फुटबल जगतका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र नेमार जुनियरले जन्मदिन मनाउँदैछन्।
पोर्चुगलमा सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डो आज देखि ३६ वर्ष पुगे भने ब्राजल साओ पाओलोमा जन्मिएका नेमार आजदेखि २९वर्षमा प्रवेश गरे।
रोनाल्डोका पिता माली थिए । आमा अरुको घरमा खाना पकाउने काम गर्थिन् । उनका चार जना भाईबहिनी थिए । जस्तापाताको छाना भएको घरमा बसोबास गर्ने रोनाल्डोलाई विद्यालयमा भर्ना हुन निकै मुश्किल परेको थियो ।
उनी पढाईभन्दा फुटबलमा धेरै रुची राख्थे । उनले करिब ८ वर्षकै उमेर स्थानीय टीमबाट खेल्न सुरु गरेका हुन् । उनको खेल देखेर वल्र्ड अन्डर १७ टीममा लिइएको थियो ।
करिब ८ वर्षकै उमेरमा इंग्लिश फुटबल क्लब म्यानचेस्टर युनाइटेडले उनलाई १७ मिलियन अमेरिकी डलरमा साइन गराएको थियो । धेरै वर्षसम्म स्पेनको फुटबल क्लब रियल म्याड्रिड मा रहेका रोनाल्डो हाल फ्रेन्च फुटबल एक्न्का लागि खेल्ने गर्छन् ।
यस्तै, नेमार पनि गरिब परिवारमा जन्मिएर फुटबलमा चम्किएका खेलाडी हुन् । उनको बाल्यकाल ब्राजिलको साओ पाउलोमा मोगी डास कृजेस नामक झुपडीमा बितेको थियो । उनका पिता फुटबलका राम्रा खेलाडी थिए । तर घरको अवस्था भने नाजुक थियो ।
घरपरिवार चलाउन उनका पिता अलग अलग काम गर्ने गर्थे । पिताले गरिबीका बाबजुत पनि उनलाई फुटबल खेल्न रोकेनन् । उनी ११ वर्षको उमेरमा ब्राजिलको चर्चित एफसी सेन्टोस क्लबमा जोडिए । उनी सन् २००९ मा ब्राजिल टीमको कप्तान थिए । उनी सन् २०१७ मा विश्वकै महंगो फुटबलर बनेका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने