पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश(१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।
यस्तै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म नै कायम रहने छ।
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ ।
राति :देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश-१ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन