पोखराको वन विज्ञान क्याम्पसबाट चोरी भएका वन्यजन्तुको अंग बेवारिसे अवस्थामा फेला

पोखराको वन विज्ञान क्याम्पसबाट चोरी भएका वन्यजन्तुको अंग बेवारिसे अवस्थामा फेला

Untitled

पोखरा – पोखराको टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुको अखेटोपहार बेवारिसे अवस्थामा फेला परेको छ

पोखरा महानगरपालिका वडा नं -१५ स्थित संस्थानको प्रयोगशाला भवनको प्रयोगशालामा राखेको वन्यजन्तुको अखेटोपहार चोरी भएको स्थानबाट अन्दाजी ४०० मिटर पश्चिम तर्फ बनपाले जंगलघाटको पँधेरोस्थित प्लाष्टिक, जुटको बोरा र कालो झोला भित्र बेवारिसे अवस्थामा चितुवाको छाला चार थान, चितुवाको दाँतहरु, हाड, चितुवाको दाह्रा २ थान लगायत हड्डीहरु फेला परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार उक्त अखेटोपहार चोरी गर्नेको पहिचान नभएपनि बरामद गरिएको उक्त समान वडा प्रहरी कार्यालय रामबजारमा ल्याएर थप अनुसन्धान गरिनुका साथै चोरीमा संग्लग्नहरुको खोजतलास भैरहेको प्रवक्ता प्रवक्ता हमालले जानकारी दिए ।        

स्मरणिय छ, गत माघ ९ गते शुक्रबार राति वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग बाघ तथा चितुवाको छाला ६ थान, चितुवाको टाउको, दाँत, हण्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको, हड्डी लगायत वन्यजन्तुका बहुमूल्य सामान चोरी भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds