भोलि देशव्यापी आम हड्ताल – के खुल्ने, के बन्द ?

भोलि देशव्यापी आम हड्ताल – के खुल्ने, के बन्द ?

hadtal banda

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको धज्जी उडाउँदै प्रतिनिधिसभा विघटन गरेको विरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको उनकै पार्टी नेकपाको प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल आयोजना गरेको छ ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले आकस्मिक रुप्मा आमहडताल घोषणा गर्न बाध्य भएको सो पार्टीले जनाएको छ ।

‘हामी सरकारको कदमविरुद्ध आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन् ‘ आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको छ ।’

बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहनेछ । स्वास्थ्य तथा अत्यावश्यक वस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइन्। दुध बोक्ने गाडी, प्रेसका सवारी, एम्बुलेन्स लगायतका अत्यावश्यकीय साधन सबै चल्न पाउनेछन् । यसबाहेक अरु सबै बन्द हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds