बुधबार पोखराका १३ सहित गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि,२३ जना कोरोनामुक्त

बुधबार पोखराका १३ सहित गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि,२३ जना कोरोनामुक्त

Gandaki covid corona 3

पोखरा – बुधबार पोखराका १३ सहित गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका १८७ जनामा गरिएको परीक्षणमा थप १६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका कास्की र लमजुङ गरी दुई जिल्लाका छन् । जस अन्तर्गत कास्कीको पोखरा महानगरका १३ जना र लमजुङ जिल्ला सुन्दर बजार नगरपालिकाका ३ जना गरी १६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ६ सय सात पुगेको छ । जसमा ३८२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार २२ पुगेको छ ।

बुधबारसम्म गण्डकीमा १६ हजार नौ सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने, कोरोना संक्रमणकै कारण गण्डकीमा २०३ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds