नेपालले वर्षौँदेखि मागिरहेको नयाँ हवाई प्रवेश बिन्दु दिन भारत तयार नहुँदा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै हुन नसक्ने जोखिम बढ्दै गएको छ । नेपाल र भारतबीच सन् २०१४ देखि पटक–पटक हवाई रुटको विषयमा छलफल हुँदै आएको छ ।
तर, हालसम्म पनि नयाँ हवाई रुटको विषय टुंगो नलाग्दा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमै समस्या हुने देखिएको हो । ‘दुवै विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले अहिले प्राविधिक र कूटनीतिक दुवैतर्फबाट रुट प्रयोग गर्ने सहमतिको पहल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।
यता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि राज्यको मुआब्जा र विमानस्थल निर्माणमा ३० अर्बभन्दा बढी खर्च हुँदैछ । विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सरकारले दुवै विमानस्थल आगामी वैशाख–जेठदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर, हवाई प्रवेश बिन्दुको विषयमा भारतसँग हालसम्म पनि सहमति हुन सकेको छैन । हवाई प्रवेश बिन्दुको विषय टुंगो नलागेसम्म विमानस्थल सञ्चालनमा समस्या आउने निश्चित छ ।
सन् २०१८ को सेप्टेम्बरमै जनकपुर, विराटनगर र भैरहवाको तीनवटा रुट दिने विषयमा भारतीय पक्षसँग सैद्धान्तिक सहमति भएको थियो । तर, हालसम्म प्राविधिक विषयमा सहमति हुन सकेको छैन ।
नयाँ पत्रिका दैनिकबाट
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की