कोरोनाको नक्कली खोप बनाउने ८० जना पक्राउ

कोरोनाको नक्कली खोप बनाउने ८० जना पक्राउ

corona vaccine

कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा चिनमा ८० जनाभन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । बेइजिङ, शानडोङ र जियाङ्सु प्रान्तबाट तीन हजार डोज नक्कली खोपसहित उनीहरुलाई पक्राउ गरिएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले सो खोप विदेश निर्यात गर्न लागेको अनुमान गरिएको छ । यसअघि केही अफ्रिकी मुलुकमा खोपको तस्करी हुँदै आएको एक खोप निर्माता कम्पनी निकट स्रोतलाई उदृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

‘कङ’ नाम गरेको सो आपराधिक समूहले गत वर्षको सेप्टेम्बरदेखि नै नक्कली खोप बिक्री वितरण गर्दै आएको चिनियाँ प्रहरीले जनाएको छ । सो समूहको सञ्जाल चीनका अन्य शहरहरुमा पनि फैलिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी दुई कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ