कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए।
विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्।
बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्।
कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा भारतबाट पाँच लाखभन्दा बढी स्वदेश फर्किएका छन्।
तर स्वदेश फर्किए पनि दैनिक जीवनयापन गर्न गाह्रो भएपछि सोही रोजगारीमा जानेको संख्या अधिक छ। खाडी तथा मलेसियाबाट फर्केकाहरू केही अल्पकालीन रोजगारीका लागि भारत पुगेका छन्।
आजको अन्नपूर्ण पोष्ट पत्र दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो