जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
माघ २१ गते
दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ २२ गते
दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।
राती : देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम बर्षा हुने सम्भाबना छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु