पोखरा । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो ।
सोमबार कांग्रेसका सबै भ्रातृ संगठनले सबै जिल्लामा प्रदर्शन गर्ने तालिका अनुसार कास्कीमा पनि विरोध प्रदर्शन गरेको कांग्रेसका कास्की प्रवक्ता नवीन सिग्देलले बताए । पोखरा चिप्लेढुंगाबाट सुरु भएको विरोध सभा विपीको शालिक परिक्रमा गरि महेन्द्रपुलमा पुगेर विरोधसभामा परिणत भएको उनले बताए ।
केपी र प्रचण्डबाट हैरान हुनुभयो, अब कांग्रेसमा स्वागत छ: नेता शर्मा
नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले नेकपाका कार्यकर्ताहरुलाई काँग्रेसमा स्वागत गरे । उनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकर्ताहरु हैरान भएकाले अब काँग्रेसमा आउन स्वागत गरिने बताए ।
कम्युनिष्टले प्राप्त गरेको बहुमतले लोकतन्त्रमाथि नै खतरा भएको शर्माको भनाई छ । जनताको पक्षमा पटकपटक आन्दोलन गरेको कांग्रेस कम्युनिष्ट नामक तानाशाहसँग नझुक्ने भन्दै कांग्रेस पुनः एकपटक आन्दोलनमा होमिएको बताए ।
पोखरामा भएको विरोधसभामा कांग्रेसका जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका थिए । सभालाई कास्की कांग्रेस, तरुण दल, नेविसंघ, मुस्लिम, दलित, मगर संघलगायतका नेताले सम्बोधन गरेका थिए । नेपाल महिला संघ कास्कीको अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको थियो ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की