कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकुद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् ।
वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकुद प्रशिक्षणलगायतका गतिवधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा फागुन पहिलो साता ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकुदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल कोर्टमा प्रतियोगिता गरिने सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको तयारीस्वरुप अहिले जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ । उनले भने, “गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्ष्य गरी प्रतिभावान भलिबल खेलाडी उत्पादन गर्ने तथा प्रदेशमा खेलकुद विकासको उद्देश्यले पहिलोपटक मुख्यमन्त्री कप गर्न लागेका हौँ । खेलाडी छनोटलगायत तयारीका काम भइरहेको छ ।”
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान रु दुई लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी तृतीय टोलीले रु ५० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद रु पाँच÷पाँच हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले समेत रु पाँच हजारका दरले पुरस्कार पाउने छन् ।
गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते