कोरोनाबाट आज मृत्यु शून्य, १५९ संक्रमित थपिए

कोरोनाबाट आज मृत्यु शून्य, १५९ संक्रमित थपिए

corona

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । कोरोना महामारी उच्च विन्दुमा पुगेपछिको मृत्यु नभएको यो दोस्रो दिन हो । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २९ पुगेको छ ।

गएको चौबीस घण्टामा चार हजार १४५ जनाको पीसीआर परिक्षण गरिएकोमा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ ।

त्यस्तै, गएको चौबीस घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ ।

हाल क्वारेन्टिनमा ९७ जना छन् भने आइसोलेसनमा दुई हजार ४८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ