पोखरा जेसीजले संस्थाको गतिविधिमा सहकार्य गर्न र संस्थामा आबद्ध सदस्यहरुको सशक्तिकरणका लागि विभिन्न ११ संघसंस्थासँग साझेदारी गरेको छ । पोखरा जेसीजले राखेको प्रस्तावलाई विभिन्न क्षेत्रका समग्र ११ साझेदारहरूले सहमति जनाई हस्ताक्षर गरेका छन् ।
रेष्टुरेन्ट पार्टनरमा होटल टास्क इन्टरनेशनल एण्ड लेकाली चुलो, आइटी पार्टनर पाण्डे कम्प्युटर सप्लायर्स, इन्टरनेट पार्टनर पोखरा इन्टरनेट प्रालि, फर्निचर पार्टनर सिटिजन्स फर्निचर ट्रेड लिन्क, होटल पार्टनर डाँफे होटल, क्लोदिङ पार्टनर बबिन टेलरिङ एण्ड सर्टिङ सुटिङ, ड्रिन्किङ वाटर पार्टनर लोटस स्प्रिङ, ज्वेलरी पार्टनर श्रीकृष्ण पवर्त तोला गोल्ड शप, प्रिन्टिङ पार्टनर अनन्त अफसेट प्रेस, रेडियो पार्टनर रेडियो सफलता र अनलाइन पार्टनरमा गण्डकन्यूज डटकम (गण्डकी न्यूज प्रालि) सँग सम्झौता भएको छ ।
एमओयू साइनअप समारोहमा सबै ११ वटा संस्था एवं कर्पोरेट हाउसका प्रतिनिधिले हस्ताक्षर गरे । समारोहमा बोल्दै पोखरा जेसीजका अध्यक्ष किरण केसीले संस्थाले व्यक्तित्व र नेतृत्व तालिमसँगै सदस्यरुको सशक्तिकरण र संस्थागत विकासका लागि काम गर्दै आईरहेकोले यो कार्यक्रम मार्फत संस्था र संस्थासँग आबद्ध सदस्यहरुको सशक्तिकरणमा थप बल पुग्ने बताए ।
साझेदारहरूले पोखरा जेसीजको अभियानमा सहभागी हुन उत्साहित रहेको भन्दै आवश्यक सहयोग प्रदान गर्न प्रतिवद्धता जनाए । कर्पोरेट पार्टनरका तर्फबाट पाण्डे कम्प्युटर सप्लायर्सका सञ्चालक जि.एन. पाण्डेले पोखराकै पूरानो एवं प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस सहमतिले दुवै पक्षलाई लाभ हुने उनको भनाई छ ।
पोखरा जेसिजका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसीजका कार्यकारी उपाध्यक्ष सन्देश पराजुलीले स्वागत एवं कार्यक्रममाथि प्रकाश पारेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव भाईराज राना मगरले गरेका थिए भने। पार्टनरहरूको छनौट र साइनअप कार्यक्रमको व्यवस्थाका लागि समन्वय गरेका एलबिएन सभापति श्रीकृष्ण सुनारले धन्यवाद ज्ञापन गरेका थिए ।
समारोहमा नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन निर्देशक सिनेटर नारायण शर्मा, पूर्व अध्यक्ष शिव सुवेदी, निवर्तमान अध्यक्ष शिव सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
अनलाइन मिडिया पार्टनरमा गण्डकन्यूज डटकम
यसैबीच, पोखरा जेसीजका हरेक सामाजिक गतिविधिलाई प्रवर्द्धन गर्दै आएको पोखराकै अग्रणी मिडिया गण्डकन्यूज डटकम औपचारिक रुपमै पोखरा जेसीजसँग साझेदार बनेको छ । पोखरा जेसीजका हरेक सामाजिक काममा गण्डकन्यूजले उच्च प्राथमिकताका साथ प्रचारप्रसार गर्नेछ ।
पोखरा जेसीजका अध्यक्ष किरण केसी र गण्डक न्यूजका म्यानेजिङ डाइरेक्टर गोविन्दप्रसाद देवकोटाले एमओयूमा हस्ताक्षर गरे । देवकोटा पोखरा जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व उपाध्यक्ष समेत हुन् ।
सम्बन्धित खबर
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर