पोखरा १७ स्थित मानव सेवा आश्रममा पोखरा जेसीजका अध्यक्ष ई. किरण केसीका पिता स्व. बलराम केसीको पूण्य तिथीको अवसरमा खाद्यान्न तथा अन्य आवश्यक सामाग्री वितरण गरिएको छ ।
पोखरा जेसीजको आयोजना तथा बलराम स्मृति प्रतिष्ठान र स्व. केसीको परिवारको सहयोगमा आश्रममा सहयोग गरिएको हो । कार्यक्रममा अध्यक्ष केसीले सबैको साथ सहयोगले प्रतिष्ठान स्थापना भएको हुदाँ बुबाले गरेको सामाजिक कामले नै आफुलाई प्रेरणा मिलेको र आफ्ना बुबा नै आदर्श व्यक्तित्व भएको बताए ।
त्यस्तै, कार्यक्रममा हिमालयन अर्गानाइजेसनका प्रबन्ध निर्देशक तथा स्व.बलराम केसीका सुपुत्री मिलन थापा, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक तथा केसीका सुपुत्र निरन केसी, पोखरा जेसीस २०१५ का अध्यक्ष सिनेटर छवि सुवेदी लगायतले आफ्नो भनाई राखेका थिए ।
आश्रममा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानका सचिव तथा अधिवक्ता रोहित राज बास्तोलाले आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई नगद पाँच हजार रकम हस्तान्तरण गरे । मानव सेवा आश्रमका जिल्ला संयोजक राजन सापकोटाले आश्रमलाई आवश्यक खाद्यान्न उपल्ब्ध भएकोमा खुशी व्यक्त गर्दै युवा नेतृत्व लिएर अगाडि बढेमा मात्र देशलाई नयाँ नेतृत्वमा लान सक्ने बताए ।
अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा जेसीस २०२१ का सामुदायिक विकास क्षेत्रका उपाध्यक्ष बिनु श्रेष्ठ र संचालन पोखरा जेसीस २०२१ का सचिव प्रकाश घिमिरेले गरेका हुन् ।
कष्टपूर्ण जीवनयापन गर्न बाध्य समाजका असहाय तथा मनोरोगी मानिसको उद्धार गरी पालन पोषण संरक्षण एवम् पारिवारिक वातावरण संस्थाले प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन