बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो, मेसीले गरे बार्सिलोनाका लागि ६ सय ५०औं गोल

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो, मेसीले गरे बार्सिलोनाका लागि ६ सय ५०औं गोल

messi

लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार ६ सय ५०औं गोल गरेका छन् । उनले फ्रि–किकबाट गरेको उत्कृष्ट गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा एथ्लेटिक बिलबाओलाई २–१ ले हरायो ।

यो उनले फ्रि–किकबाट बार्सिलोनाका लागि गरेको ४९औं गोल पनि रह्यो । तर जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । यस्तोमा एन्टोन ग्रिजमनले बार्सिलोनाका लागि निर्णायक गोल गरे ।

यो नतिजापछि बार्सिलोना र रियल म्याड्रिड दुवै समान ४० अंकमा रहे । बार्सिलोना दोस्रो स्थानमा छ । तर दुवै टोली शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा १० अंकले पछाडि छन् ।

एट्लेटिकोले यसअघि लुइस स्वारेजको दुई गोलमा काडिजलाई ४–० ले हराएको थियो । एट्लेटिकोको १९ खेलबाट ५० अंक छ । दिनका अन्य खेलमा गेटाफे र एलाभेस तथा ग्रेनेडा र सेल्टा भिगोले गोलरहित बराबरी खेले ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ