ओलीले चुनाव गर्दैन, कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ: डा. भट्टराई

ओलीले चुनाव गर्दैन, कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ: डा. भट्टराई

baburam

रोल्पा – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयता, गणतन्त्र र संविधानको पक्षमा नरहेको बताएका छन् ।

रोल्पाको लिबाङमा आइतवार आयोजित एक अन्तरक्र्रिया कार्यक्रममा भट्टराईले ओली गणतन्त्र विरोधी नेता भएको आरोप लगाएका हुन् । गुप्तचर र सुरक्षा निकायमा ओलीले आफ्नो मान्छे राखेको भन्दै भट्टराईले त्यसको आलोचनासमेत गरे ।

संवैधानिक आयोगहरुमा पनि सबै अफ्नो गोजीको मान्छेलाई राखेको तथा न्यायलयमा कार्यकारीको लामो समयसम्म पनि नहट्ने गरी डरलाग्दो छायाँ परेको जिकिर गरे । ‘कुनै पनि तानाशाहले आफूले नजित्ने चुनाव गराएको इतिहास विश्वमै छैन’, भट्टराईले भने ‘त्यसैले कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ ।’

राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘कु’ गरेर अहिलेको व्यवस्था फाल्न खोजेको भन्दै तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि भट्टराईले उल्लेख गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ