पोखराको नयाँबजार स्थित पुरानो कर कार्यालय अगाडिको आफ्नै भवनमा कृषि विकास बैंक लि. ले सेवा सुरु गरेको छ ।
उक्त शाखा कार्यालयको उदघाटन कृषि विकास बैंक लि. संचालन समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरे । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको विगत देखि वर्तमानसम्म आइपुग्दा अध्याधुनिक सेवा प्रदान गर्दै, बैंकिङ्ग क्षेत्रका सम्पूर्ण प्रोडक्टहरु लञ्च गरेको जानकारी गराए ।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं पोखराका व्यवसायी बाबुराम गिरीले आजको प्रतिस्पर्धात्मक बैंकिङ्ग उद्योगको व्यवसायीहरुसँग सहज ढंगले सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका कृषि विकास बैंकका संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंक कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको तथा कर्मचारीहरुलाई सेवा ग्राहीहरुलाई छिटो निर्णय दिन निर्देशन समेत दिए । उक्त कार्यक्रममा प्रवन्धक हिमलाल श्रेष्ठले स्वागत तथा वरिष्ठ शाखा प्रमुख महेश प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।
सो अवसरमा विशिष्ठ अतिथि कृषि विकास बैंक लि. संचालक समितिका सदस्य भक्क प्रसाद आचार्य र हरि प्रसाद पराजुलीबाट एटीएमको पनि उद्घाटन भएको थियो । कार्यक्रममा कृषि विकास बैंक लि. संचालक समितिका सम्पूर्ण सदस्य, बैंकको उच्च व्यवस्थापन टीमको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन