लोकविजय अधिकारी- जो भूकम्पको जानकारी दिँदादिँदै भूकम्प विषयमा विद्यावारिधी हासिल गरे

लोकविजय अधिकारी- जो भूकम्पको जानकारी दिँदादिँदै भूकम्प विषयमा विद्यावारिधी हासिल गरे

lok_bijaya_adhikari

‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे । विसं २०७२ को गोरखा भूकम्प ९७.६ रिक्टर स्केल पछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो । आज उनै लोकविजयले भूकम्पसम्बन्धी यस्तै प्रश्नका विषयमा विद्यावारिधि हासिल गरेका छन् ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि प्राप्त गरेका हुन् । अधिकारीले फ्रान्सको पेरिस विश्वविद्यालयबाट आफूले विद्यावारिधि उपाधि प्राप्त गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । “अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर रु अब, भूकम्प जान्छ कि जाँदैन सर ? यी दुई प्रश्न २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछिका केही महिनासम्म मलाई धेरै सोधिएका र मैले धेरै उत्तर दिएका प्रश्नहरु हुन् । गोरखा भूकम्प र त्यसका परकम्पका बारेमा मैले गरेको अध्ययनबाट पेरिस विश्वविद्यालयले मलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ”,  अधिकारीले लेखेका छन् ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता जयराज घिमिरेले विभागका वरिष्ठ सिस्मोलोजिष्ट अधिकारीले गोरखा भूकम्पको तथ्याङ्कबारे विद्यावारिधि प्राप्त गरेको जानकारी दिए । अधिकारीले दुई दिनअघि यो उपाधि पाएका हुन् । उनीसँगै जापानको टोकियो विश्वविद्यालयबाट विभागकै सिस्मोलोजिस्ट मुकुन्द भट्टराईले पनि विद्यावारिधि गरेका हुन् ।

भट्टराईले गोरखा भूकम्पपछि काठमाडौँको भूकम्पीय जोखिम सङ्कलन गरी त्यसले भौतिक संरचनामा पार्ने प्रभावका विषयमा विद्यावारिधि गर्नुभएको हो । भट्टराईले एक महिनाअघि विद्यावारिधि गरेका थिए । गोरखा भूकम्पपछि केन्द्रको स्टेशनले मापन गरेका भूकम्पीय तरङ्गको नेपालमै बसेर नेपाली प्रविधि र स्रोतसाधनबाटै अध्ययन गरी विद्यावारिधि प्राप्त गरिएको र यसले भविष्यमा भूकम्पको जोखिमबारे अध्ययन अनुसन्धान गरी बेलैमा सचेतना अपनाउने कार्यमा सहयोग पुग्ने भट्टराईले बताए ।

यता अधिकारीले गोरखा भूकम्पले धेरै नयाँ कुराको अध्ययन गर्न बाटो खोलिदिएको र यो भन्दा पहिला अध्ययन हुन सकेको विषय भएकाले भविष्यमा पनि धेरै अर्थ राख्ने काम गर्न पाएकामा उहाँले खुशी व्यक्त गरेका छन् । अधिकारीले औपचारिक शिक्षाको शुरुदेखि आजसम्म हरेक तहमा साथ दिने र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । उनले भूकम्पबारे सचेत रहन र पूर्व तयारी गर्न पनि आम समुदायमा आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds