ओली समूहको आमसभा नारायणहिटी दरबार अगाडि

ओली समूहको आमसभा नारायणहिटी दरबार अगाडि

Narayanhiti durbar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले काठमाडौंको नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंमा आमसभा गर्न लागेको हो ।

भृकुटी मण्डपमा सभा गर्दा मान्छेहरु नअट्ने भन्दै सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको ओली नेतृत्वको नेकपा नेता आनन्द पोखरेलले बताए ।

आसमसभालाई प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

ओली समूहको प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ