विदेशी नागरिकलाई नागरिकता दिँदै युएई

विदेशी नागरिकलाई नागरिकता दिँदै युएई

uAE visa

दुबई स् संयुक्त अरब इमिरेट्स (युएई) ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने भएको छ । नागरिकता सम्बन्धी कानून संशोधन गर्दै युएईले यस्तो व्यवस्था गर्न लागेको हो ।

शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताएका छन् ।

‘हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ ।’

यस्ता नागरिकले युएईको चौतर्फी विकास र उन्नतिमा टेवा पुग्ने युएई सरकारले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds