त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ ।शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले पहिलो उपाधि जितेको हो । विजेता आर्मीले १० लाख र उपविजेताले एपिएफले ५ लाख रुपैयाँ पाएका छन् । अन्तिम चार रन जोड्न ४ विकेट गुमाएपछि एपिएफ पराजित हुन पुगेको हो ।
जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । एपिएफका ओपनर आशिफ शेखले ७१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । आशिफको जारी प्रतियोगितामा तेस्रो अर्धशतक हो ।
आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित भएको थियो ।
एपीएफ क्लबका कमलसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी
प्रतियोगितामा औसत प्रदर्शन गरेका एपीएफ क्लबका कमलसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार पुरस्कार प्राप्त गरे । उनको नाम धेरैका लागि नयाँ रह्यो ।
प्रतियोगितामा हेर्दा एपीएफ तीव्र गतिका बलर अभिनाष बोहरा १४ विकेटसहित शीर्ष स्थानमा छन् भने ब्याटिङतर्फ सर्वाधिक रन बनाएका पृथु बास्कोटा ब्याटिङतर्फ शीर्ष स्थानमा छन् । उनको टोली सेमिफाइनलसम्म पनि पुगेको थियो ।
आर्मीका जितेन्द्र मुखिया फाइनल म्यान अफ दि म्याच घोषित भए । उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीका रुपमा प्रदेश नम्बर २ का विवेक यादव पुरस्कृत भए ।
उत्कृष्ट बलर साहब आलम भए भने उत्कृष्ट ब्याट्सम्यानबाट बागमती प्रदेशका पृथु बास्कोटाले पुरस्कार पाए । उदीयमान खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान २५–२५ हजार प्राप्त गरे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते