तनहुँमा कोभिड विरुद्धको खोप लगाउने क्रम जारी

तनहुँमा कोभिड विरुद्धको खोप लगाउने क्रम जारी

Covishield_Vaccine covid khop

तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन् ।

शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका १ सय १७ ले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए  ।

खोप अभियानको पहिलो दिन एक सय चार र दोस्रो दिन दुई सय ९ जनाले खोप लगाएको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ ।

उनका अनुसार व्यास नगरपालिका ५ सय ५८, शुक्लागण्डकी नगरपािलका २ सय ६७, भीमाद नगरपालिका १ सय ७७, भानु नगरपालिका १ सय ७१, म्याग्दे गाउँपालिका ८२, ऋषिङ गाउँपालिकाका ९८,घिरिङ गाउँपालिका ६१, आँबुखैरेनी गाउँपालिका ७३, बन्दीपुर गाउँपालिका १ सय ५ र देवघाट गाउँपालिका ८७ लाई खोप लगाइँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds