गण्डकी प्रदेशमा हालसम्म कति जनाले लगाए कोरोना भ्याक्सिन ?

गण्डकी प्रदेशमा हालसम्म कति जनाले लगाए कोरोना भ्याक्सिन ?

corona vaccine

गण्डकी प्रदेशमा आजसम्म ७ हजार ८ सय ९२ लाई कोभिड विरुद्धको खोप लगाइएको छ ।

स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३ सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ ।

यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको जानकारी दिए ।

कास्कीमा ३ हजार २ सय २६, गोरखामा ५ सय १७, तनहुँमा ५ सय ४८, नवलपुरमा ६ सय, पर्वतमा ४ सय ७६, बागलुङमा ६ सय २६, मनाङमा १ सय १०, मुस्ताङमा १ सय ६, म्याग्दीमा ३ सय १२, लमजुङमा ७ सय ८४, स्याङ्जामा ५ सय ८७ जनालाई खोप लगाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ