पोखरा १४ मझेरीपाटन निवासी इमेश तामाङ सम्पर्क विहीन भएको भन्दै आफन्त तथा साथीभाइले खोजी सुरु गरेका छन् ।
गत माघ ९ गते दिउसो ३ देखि ४ बजेको समयमा घरबाट निस्केका इमेश हालसम्म घर नफर्केपछि परिवारजनले उनको खोजीका लागि सम्पूर्णमा अनुरोध गरेका छन् ।
उनी नफर्केपछि प्रहरी कार्यालयमा जानकारी गराइएको र सामाजिक सञ्जालहरुमा मानिस हराएको सूचना जारी गरिएको उनका बुबा सुक बहादुर तामाङले जनाए । उनका अनुसार इमेश डिप्रेशनका बिरामी थिए । हराउनु ३ दिनअघिबाट उनले औषधि प्रयोग गर्न छाडेको सुकबहादुरले बताए ।
इमेशले आफूले प्रयोग गर्ने मोबाइल घरमै छाडेर हिँडेको उनले गण्डकन्यूलाई बताए । इमेशले कालो हुड र खैरो ट्रयाक लगाएका छन् । उनको उचाई ५.८ रहेको छ ।
पोखरामा उनको खोजीका लागि परिवार र साथीभाइ जुटेका छन् । इमेशलाई देख्ने वा भेट्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नं. ९८४६२२६४८८ वा ९८१८८७९६२७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ