पोखरामा रोजगारको लागि विदेश पठाईदिन्छु भन्दै ९० लाख ठगी, पर्वतका धिरज पक्राउ

पोखरामा रोजगारको लागि विदेश पठाईदिन्छु भन्दै ९० लाख ठगी, पर्वतका धिरज पक्राउ

Untitled

पोखरा – रोजगारको लागि विदेश पठाईदिन्छु भन्दै रकम ठगी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

विगत लामो समयदेखि आफु विदेश बसेको र युरोप क्यानडा, अमेरिका लगायतका देशमा धेरैलाई रोजगारको लागि पठाइसकेको भन्दै मानिसहरुलाई प्रभावमा पारेर रकम उठाएको भन्ने जाहेरीको आधारमा कास्की प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका -७ स्थायी घर भई हाल पोखरा महानगरपालिका -३० शिसुवा बस्दै आएका ३८ वर्षीय धिरज कुमार विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार विश्कर्माले विभिन्न ३३ व्यक्तिसंग एकमुष्ट नब्बे लाख एकहत्तर हजार पाँच सय रुपैयाँ उठाएको र विश्वासमा पार्न उनले विभिन्न सहकारी तथा विकास बैंकहरुको समेत चेक दिएका थिए ।

पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट पांच दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको प्रवक्ता हमालको भनाई छ । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ