जनकपुर । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनी विगत १० वर्षदेखि नङ पाल्दै आएका छन् ।
लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ । विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङका बारेमा प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।
देश, प्रदेश र स्थनीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि युएसए र जापानवासीले मासिक रु १५ हजार रकम सहयोग गरिरहेको छ । विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण चार वर्षअघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गरी आर्थिकरूपले सहयोग गर्ने क्रम शुरू गरेको उनी बताउँछन् ।
जाडोयाममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै यादव भन्छन्, “देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।” स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवद्र्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गरेका छन् ।
उनी भन्छन्, “नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक रु ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल रु चार लाख पुगेको छ ।”
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर