तनहुँ । ब्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको चौथो अल्ट्रा म्याराथनका लागि १४५ धावकले नाम दर्ता गरेका छन् । प्रत्येक वर्षको शहीद दिवसको अवसरमा आयोजना हुने अल्ट्रा म्याराथनका लागि बिहीबारसम्म १४५ धावकले नाम दर्ता गराएका हुन् ।
ब्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नाम दर्ता गराएका धावकलाई बिहीबार नै रुटको बारेमा जानकारी दिनुका साथै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । ब्यास नगरपालिका–५ मानुङदेखि ब्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमिदूरीको म्याराथनको तयारी लगभग पूरा भएको उनले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो ।
प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए । धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ ।
ब्यास नगरपालिका–४ ब्यास रेन्ज पोष्ट, ब्यास नगरपालिका–१० पिजनहिल खहरे, ब्यास नगरपालिका–७ पाथ्रा मन्दिर, ब्यास नगरपालिका–७ पातल सत्रसय, ब्यास नगरपालिका–८ रिस्ती सोतीबँेशी, ब्यास नगरपालिका–८ सुनपोखरी, ब्यास नगरपालिका–८ गाडापानी र ब्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।
म्याराथन मानहुँकोट सिद्ध मार्गहुँदै अलँैचे–चापाघाट–अनशन चौतारी–सफा सडक–भोर्लेटार चोक– बैरेनी– दुम्सी– कलेस्ती– पाथ्रा– सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबँेशी–बगुवा रिस्ती–बाहुन पोखराहुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए । उनले ४४ किमिदूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की