नेकपाको दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलायो

नेकपाको दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलायो

Nirbachan Aayog

निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार साढे ११ बजे नेकपाका दुवै समूहलाई आयोगको कार्यालयमा बोलाइएको जानकारी दिए ।

‘हामीले नेकपामा दुवै समूहलाई दुई प्रयोजनमा छलफल गर्न भोलि(शुक्रबार) बिहान साढे ११ बजे आयोगको कार्यालयमा बोलाएका छौं,’ इकागजसँग प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठका अनुसार आयोगले नेकपाका दुवै समूहलाई मध्यावधि निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ता गर्ने सम्बन्धमा छलफल गर्न आयोगले बोलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको मिति तय गरेकी थिइन ।

सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हठातमा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । दुवै समूहले आफूलाई आधिकारिक दाबी गर्दै दिएको निवेदन खारेज गरेको आयोगले निर्वाचनका सम्बन्धमा छलफल गर्न दुवै समूहलाई बोलाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ