माघ २८- प्रचण्ड–नेपाल पक्षको हालसम्मकै विशाल प्रदर्शन हुने

माघ २८- प्रचण्ड–नेपाल पक्षको हालसम्मकै विशाल प्रदर्शन हुने

prachanda nepal

नेकपा प्रचण्ड–नेपाल पक्षले माग २८ गते काठमाडौंमा गर्ने तय गरेको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।

बिहीवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले विशाल प्रदर्शन गर्ने कार्ययोजना बनाएको नेता विष्णु रिजालले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल पक्षले हालसम्मको आन्दोलन सफल रहेको निष्कर्ष समेत निकालेको छ ।

बिहीवारको बैठकमा निर्वाचन आयोगले पठाएको पत्रबारे पनि चर्चा भएको थियो । आयोगले साविककै केन्द्रीय कमिटीलाई वैधता दिएकाले त्यसको दुईतिहाइ आफूसँगै रहेको नेताहरूको निष्कर्ष थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ