दुई खेलको प्रतिबन्धपछि फर्किएका मेसीले गरे गोल, बार्सिलोना कोपा डे रेको क्वार्टरफाइनलमा

दुई खेलको प्रतिबन्धपछि फर्किएका मेसीले गरे गोल, बार्सिलोना कोपा डे रेको क्वार्टरफाइनलमा

messi griezman barcilona

लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले बुधबार रायो भाल्कानोलाई २–१ ले हराएर बुधबार कोपा डेल रेको क्वार्टरफाइनल यात्रा तय गरेको छ । स्पेनी दोस्रो डिभिजनको रायोले फ्रान गार्सियाको गोलमा अग्रता लिएको थियो ।

त्यसपछि दुई खेलको प्रतिबन्धपछि मैदान छिरेका मेसीले बराबरी गोल गरे । फ्रेन्क डे जङले निर्णायक गोल गरे । त्यसका लागि मेसीले नै अवसर सिर्जना गरिदिएका थिए ।

कोपा डेल रेबाट यसअघि नै रियल म्याड्रिड र एटलेटिको म्याड्रिड बाहिरिसकेका हुनाले बार्सिलोनालाई उपाधिको बलियो दाबेदार मानिएको छ । बार्सिलोनाले यो प्रतियोगिता ३० पल्ट जितेर कीर्तिमान कायम गरिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ