प्रहरीलाई भाग लागेन कोरोना खोप

प्रहरीलाई भाग लागेन कोरोना खोप

nepal police

जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई खोप लगाउने सम्बन्धमा भने योजना बनाइएको छैन । सरकारले चासो नदिएपछि जोखिम मोलेर ड्युटीमा खटिने प्रहरीमा निराशा छाएको छ ।

त्यसो त सरकारले कोरोना महामारीको बेला खटिने प्रहरीलाई कोभिड सुरक्षा भत्तासमेत दिएको छैन । २४सै घण्टा जोखिमपूर्ण क्षेत्रमा सुरक्षार्थ खटिँने उनीहरूलाई कोरोना खोप वितरण नहुँदा त्यसले कर्मचारीमा थप जोखिम बढेको छ । लकडाउन खुलेसँगै नेपाल प्रहरी भीडभाड र जोखिमपूर्ण क्षेत्रमा खटिँदै आएको छ ।

नेपाल प्रहरीका ७ हजारभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । केही कार्यालयमा कोरोना थप फैलन सक्ने डर देखिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ