पोखरा । राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। उनले सो खेलका लागि महिलातर्फ चार र पुरुषतर्फ चार गरी कूल आठ टोलीको सहभागिता रहने बताए ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडाँै र न्यू डायमन्डको सहभागिता रहनेछ । यसैगरी पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौँ र गण्डकी प्रदेशको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टोलीले समान रु एक लाख ५० हजार, द्वितीय हुनेले रु ७५ हजार तथा तृतीयले रु २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०–२० हजार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार पनि महिला तथा पुरुष खेलाडीले रु १५-१५ हजारका दरले प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान पाँच–पाँच हजार नगद प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने भएको छ । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर रु १०० तोकिएको छ भने सेमिफाइनलका लागि रु १५० र फाइनल खेलका लागि रु २०० तोकिएको उनको भनाइ छ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की