विचौलियाको बिगबिगी अन्त्य ! अब एउटा डिभाइसबाट एक पटकमात्रै ड्राइभिङ लाइसेन्सको आवेदन दिन पाइने

विचौलियाको बिगबिगी अन्त्य ! अब एउटा डिभाइसबाट एक पटकमात्रै ड्राइभिङ लाइसेन्सको आवेदन दिन पाइने

license

ड्राइभिङ लाइसेन्सको अनुमतिपत्रका लागि अब एउटा डिभाइसबाट एक पटकमात्रै आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न यातायात व्यवस्था विभागले नयाँ व्यवस्था ल्याएको हो ।

विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले अनलाइन आवेदन दिने प्रयास गर्दा समस्या आएको भन्दै विभागले नयाँ व्यवस्था ल्याएको हो ।

विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ ।

यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।

यसअघि विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फर्म लिनेगरी व्यवस्था सुरु गरिसकेको छ । यो हुँदा अहिले एक दिनमा जतिले पनि आवेदन दिन पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ