गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायकको निधन

गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायकको निधन

dhan bahadur

गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायकको सोमबार (आज) पोखरामा निधन भएको छ । पोखरा–१६ निवासी ५९ वर्षीय गायकको आज बिहान ०८ः १० बजे उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

 उच्च रक्तचापबाट पीडित गायक शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।

उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायत का गीतहरु चर्चित छन् । उनी राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा संगीत शिक्षक पनि रहेका थिए ।

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा–१६ बाटुले चौरस्थित गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउँदै आइका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds