भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै

भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै

qatar

नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ। नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्।

कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो।

कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए। तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो। वैदेशिक रोजगार विभागले भने यस घटनाप्रति नेपाललाई कतारले हेपेको बताएको छ।

विभागका महानिर्देशक कुमार दाहालले भने, ‘नेपाली युवालाई कतारले धमाधम भारतीय बाटो हुँदै लगिरहेको भन्ने सूचना प्राप्त भएको छ यो सरासर गलत काम हो, कतारबाटै श्रम सम्झौता उल्लंघन भयो।’ तर यसबारे विभागले भने त्यसरी कतार जानेहरूको धमाधम रेकर्ड राख्न थालेको पनि महानिर्देशक दाहालले बताए।

आजको कान्तिपुर दैनिकबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds