बार्सिलोनाको सहज जित, तेस्रो स्थानमा उक्लियो

बार्सिलोनाको सहज जित, तेस्रो स्थानमा उक्लियो

barcilona

स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक एक गोल गरेका थिए । रातो कार्ड पाएका कारण सस्पेन्डमा रहेका लियोनेल मेसी भने यस खेलमा उपलब्ध थिएनन् ।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १९ खेलमा ३७ अंक भएको छ । शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको १८ खेलमा ४७ अंक रहेको छ ।

त्यस्तै एल्चेको भने १८ खेलमा १७ अंक रहेको छ र लिगमा १९औ स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ