पोखरामा प्रधान कार्यालय रहेको नमस्ते एजुकेशन इन्स्टिच्यूट प्रालिले गुरुङ साँस्कृतिक फोटो प्रतियोगिता सम्पन्न गरेको छ । सो इन्स्टिच्यूटले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सव तथा गुरुङहरूको महानचाड ल्होछारको अवसरमा आयोजना गरेको प्रतियोगितामा चन्द्र गुरुङ प्रथम भएका छन् ।
त्यसैगरी द्वितीय रजनी गुरुङ र तृतीय करुणा गुरुङ तथा दर्शक छनौटमा सन्जु गुरुङ परस्कृत भएको उक्त संस्थाका संचालक कर्ण गुरुङले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार सहित प्याराग्लाइडिङ्ग, बन्जिजम्प र साँग्रिला भिलेज पोखरामा एक रात बासको सुविधा प्राप्त गरेका छन् ।
त्यस्तै द्वितीय हुनेले नगद रु. १० हजारको साथमा प्याराग्लाइडिङ्ग र बन्जिजम्पको पुरस्कार प्राप्त गरेका छन् । तृतीय हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ्ग र टावर क्लाइमिङ्गको पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै दर्शक छनौट तर्फ परस्कृत हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ्ग र टावर क्लाम्बिङ्गको पुरस्कार प्राप्त गरे ।
सो प्रतियोगितालाई प्याराग्लाइडिङ्ग सौजन्य बिग स्माईल प्याराग्लाइडिङ्ग नेपाल, बन्जि सौजन्य बन्जि नेपाल एड्भेन्चर र होटेल सौजन्य साँग्रीला भिलेज पोखराले सौजन्य गरेको गुरुङले जानकारी दिए । बैदेशीक अध्ययनको क्षेत्रमा परामर्श दाता कम्पनीको रुपमा विगत १५ बर्षदेखि काम गर्दै आएको उक्त संस्थाले गुरुङ भेषभूषा तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरेको जनाएकाे छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन