लागूऔषध गाँजासहित पोखराको जिरो किमीबाट २ युवक पक्राउ

लागूऔषध गाँजासहित पोखराको जिरो किमीबाट २ युवक पक्राउ

pakrau

पोखरा : प्रहरीले लागूऔषध गाँजा सहित जिरो किमीबाट २ युवक पक्राउ पक्राउ गरेको छ । पोखरा केआईसिंहपुल बस्दै आएका दुई  युवकलाई माग १० (शनिबार) दिउसो अन्दाजी ३ बजेको समयमा पक्राउ गरेका हुन ।

पक्राउ पर्नेमा कपिलवस्तु विजयनगर गाउँपालिका-१ घर भई पोखरा-१६ केआईसिंहपुल बस्ने २२ वर्षीय अर्जुन घर्तीमगर र स्याङ्जा पुतलीबजार नगरपालिका-१४ घरभई पोखरा–१६ केआईसिंहपुल बस्दै आएका २२ वर्षीय सफल ढकाल रहेका छन् ।

पोखराको जिरो किलो स्थित चेकजाँच गर्ने क्रममा संकास्पद अवस्थामा रातो रंगको जेब्रा झोलामा लागुऔषध गाँजा चार केजी, मोवाइल २ थान र नगद तीन हजार एक सय रुपैयाँ बरामद गरी निजलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ