एजेन्सी – भारतमा फेरि पूराना ५, १० र १०० दरका भारतीय रुपैयाँको नोट बन्द गर्ने तयारी गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ को नोभेम्बर ८ मा नोटबन्दीको घोषणा गरेका थिए ।
तत्कालीन समयमा ५०० र १ हजार भारतीय रुपैयाँ बन्द गरी नयाँ २ हजार भारतीय रुपैयाँको नोट प्रचलनमा ल्याइएको थियो । अहिले फेरि साना दरका पूराना नोटको कारोबारमा बन्द गर्न लागिएको हो ।
भारतको केन्द्रीय बैंकले पूराना आइसी नोट बन्द गर्ने योजना अगाडि सारेको छ । आरबीआईले आगामी मार्चदेखि पूराना नोट बन्द गर्ने योजना अगाडि सारेको छ । बैंकले त्यसबारेमा आवश्यक योजनाका साथ तयारी समेत शुरु गरेको हो ।
आरबीआईले सन् २०१९ मा जारी गरेको नोट नै कारोबारमा बन्द गर्न लागेको छ ।
२ वर्षपछि नै ती नोट किन बन्द गर्न लागियो भन्ने बारेमा केही बताइएको छैन । आरबीआईले नोटबन्दीपछि मात्रै विभिन्न ७ प्रकारका नोट निष्कासन गरेको थियो ।
पूराना नोटका सिरिज बन्द हुँदा त्यसबाट प्रभाव पर्छ कि पर्दैन भन्ने बारेमा भने केही खोजबिन गरिएको छैन । आरबीआईका एजीएम बी महेशका अनुसार आगामी मार्च वा अप्रिलदेखि विस्तारै पूराना सिरिजका नोट कारोबारमा बन्द गर्न लागिएको हो ।
उनले मेंगलुरुमा डिस्ट्रिक लेभल सक्युरिटी कमिटी तथा डिस्ट्रिक लेभल करेन्सी म्यानेजमेन्ट कमिटिको बैठमा उक्त कुराको जानकारी दिएका थिए ।
उनले कारोबारमा १० रुपैयाँको सिक्का सबैभन्दा बढी समस्या भएको बताएका थिए । सन् २०१९ मा आरबीआईले हल्का बैजनी रंगको १०० रुपैयाँको नोट जारी गरेको थियो ।
सो घोषणापछि प्रचलनका रहेका १ हजार र ५०० को भारतीय नोटको कारोबार बन्द गरेका थिए । ती सबै नोट एकाएक कागजको खोस्टामा परिणत भएका थिए । त्यसको केही दिनपछि २००० रुपैयाँको नयाँ नोट जारी गरिएको थियो । उसले पछि उच्च मूल्य भएका नोटको छपाईमा रोक लगाएको बताएको थियो । त्यसलगत्तै २००० रुपैयाँको नोट छपाई समेत बन्द गरेको थियो ।
नोटबन्दीपछि आरबीआईले अलग अलग मूल्यका विभिन्न ७ प्रकारका नोट जारी गरेको थियो । त्यसमा २०००, ५००, २००, १००, ५०, २० र १० भारुका नोट थिए । ती नोट सबैलाई महात्मा गान्धी सिरिज नाम दिइएको थियो । सबै नोटको पछाडि ऐतिहासिक स्थानको तस्वीर समावेश गरिएको थियो ।
पूराना सिरिजका नोट बन्द गर्दा त्यसको प्रभाव नेपाललगायतका देशमा समेत पर्ने भएकाले तत्कालै सतर्क हुनु आवश्यक देखिन्छ । अन्यथा, नोटबन्दीको मारमा परेका नेपालीले पुनः समस्या भोग्नुपर्ने हुनसक्छ ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो