एमबाप्पे र नेमारको गोलमा पीएसजीको शानदार जित

एमबाप्पे र नेमारको गोलमा पीएसजीको शानदार जित

psg

किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा मोन्टेपिलरमाथि शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले दश खेलाडीमा समेटिएको मोन्टेपिलरलाई ४-० ले पराजित गरेको हो । पीएसजीका लागि नेमार र माउरो इकार्डीले एक एक गोल थपे ।

खेलको १८औं मिनेटमै जोनास ओमलिनले रातो कार्ड पाएपछि मोन्टेपिलर दश खेलाडीमा झरेको थियो । त्यसपछि पीएसजीले चार गोल गर्‍यो । ३४औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे ।

दोस्रो हाफमा पीएसजीले चार मिनेट अन्तरमा ३ गोल गर्‍यो । ६०औं मिनेटमा नेमारले गोल गर्दै अग्रता दोब्बर पारे । ६१औं मिनेटमा इकार्डीले गोल गरेपछि पीएसजीले ३-० को अग्रता बनायो । ६३औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाउ ।

जितपछि २१ खेलबाट ४५ अंक जोडेको पीएसजीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । २० खेलबाट ४२ अंक रहेको लिले दोस्रो स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ