आठ–दश हजार मान्छे देख्दा कत्रो धाक ! जनप्रदर्शन कस्तो हुन्छ? माघ २३ गते हेर्नू : ओली

आठ–दश हजार मान्छे देख्दा कत्रो धाक ! जनप्रदर्शन कस्तो हुन्छ? माघ २३ गते हेर्नू : ओली

oli kp oli

शुक्रबार काठमाडौंमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन्।

‘आमसभा कस्तो हुन्छ २३ गते हेर्नुहोला। हामी त्यो बेला कास्टिङ गर्छौं। त्यसपछि साँच्चै जनप्रदर्शन कस्तो हुन्छ देखाउँछौं’,उनले भने। आठरदश हजार मान्छे देखेपछि भुइँमा खुट्टा नभएको उनको आरोप छ।

‘आठ-दश हजार मान्छे देखेपछि भुइँमा खुट्टै छैन। हौसिएर भाषण गरेको देख्दै थिएँ। उहाँहरू धाकधक्कु साना थिएनन्। कोही केपी ओलीलाई घुँडा टेकाइदिन्छु भन्दै थिए। कोही केपी ओली जस्तो भेंडासँग संगत गरेर के भो केहो आफ्नो त ब्वाँसोको मती जाँदै गएन। मलाई भेंडो भनेर आनन्द लाग्यो’, उनले भने।

उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे। प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए।

यस्तै विरोध सभालाई देशभरिबाट अलिअलि मान्छे जम्मा भएको टिप्पणी गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds