आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ

आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ

arrested

सांकेतिक तस्विर

रुपन्देही – आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुष रहेका छन् ।

प्रहरीका अनुसार गत बिहीबार राति आफ्नै छोरिलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

छोरीको गोपनियतालाई मध्यनजर राख्दै आरोपी पुरुषको नाम खुलाइएको छैन । यद्यपी घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ