विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
प्रतियोगितामा तेस्रो हार ब्यहोरेको गण्डकी भने बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पार्न सकेको छ।
गण्डकीले दिएको १०७ रनको लक्ष्य एपीएफले १७.४ ओभर खेल्द ४ विकेट गुमाएर पूरा गर्यो । ओपनर आसिफले अर्धशतक प्रहार गर्दै एपीएफलाई जित सम्म पुर्याए । आसिफले ५६ बल खेल्दै ५ चौका र ६ छक्कासहित ७८ रन प्रहार गरे ।
यस्तै सुमित महर्जनले १८ रन बनाए । कप्तान शरद भेषावकर ५ र भुवन कार्की १ रनमा अविजित रहे । प्रतियोगिताबाट बाहिरिएको गण्डकीका चन्द्र पौडेलले र विशाल पौडेलले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभर खेल्दै १०६ रनमा अलआउट भएको थियो । गण्डकीका लागि ओपनर समिर कँडेलले सर्वाधिक ३६ रन बनाएका थिए। यस्तै विष्णु पाण्डेले र दिपेश खत्रीले समान १५ र दिनेश बुढामगरले १२ रन जोडेका थिए।
एपीएफका कमल सिंह ऐरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले ८ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । कप्तान शरद भेषावकरले २ र किशोर महतोले १ विकेट लिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते