रोनाल्डोले गरे ७६० औँ गोल, इटालियन सुपर कपको उपाधि युभेन्ट्सलाई

रोनाल्डोले गरे ७६० औँ गोल, इटालियन सुपर कपको उपाधि युभेन्ट्सलाई

ronaldo

युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा नापोलीलाई २-० गोलले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको छ ।

गत सिजनको सिरी ए र कोपा इटालियनको विजेताबीच सुपर कप खेलाइन्छ । युभेन्ट्स गत सिजनको सिरी ए विजेता हो भने नापोलीले कोपा यटालियाको उपाधि जितेको थियो ।

युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्‍यो ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । नापोलीका लरेन्जो इनसिग्नेले पेनाल्टीमा गोल गर्न नसक्दा युभेन्ट्स भाग्यमानी रह्यो ।

इन्जुरी टाइममा मोराटाले गोल गरेपछि युभेन्ट्स २-० ले विजयी भयो । युभेन्ट्सले सर्वाधिक नवौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो । एसी मिलानले ७ र इन्टरले ५ पटक यो उपाधि जितेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ