नेपाललाई भारतले दियो १० लाख डोज कोरोना खोप, भोलि नै नेपाल आउने

नेपाललाई भारतले दियो १० लाख डोज कोरोना खोप, भोलि नै नेपाल आउने

corona vaccine
सरकारले बिहीबार नै नेपालमा कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै भारत सरकारको अनुदानमा कोरोना खोप ल्याउने जानकारी दिनुभएको हो ।
खोप अनुदान सहयोग गरेकोमा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने योद्धाहरुका लागि खोप प्रयोग गरिने जानकारी दिनुभयो । ‘फागुनमा खोप ल्याउने घोषणा मैले गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘तर पहिलो खेपको खोप भोलि नै नेपाल आउने भएको छ ।’
मन्त्री त्रिपाठीले कानुनी, आर्थिक जटिलता हल गर्न सके बाँकी खोप पनि छिट्टै ल्याउने सकिने बताउनुभयो । उहाँले खोप आयातमा पारदर्शीता अपनाउने प्रतिबद्धता जनाउनुभयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ