दमौली बजारमा बिहान र साँझ मालबाहक सवारी प्रवेश निषेध

दमौली बजारमा बिहान र साँझ मालबाहक सवारी प्रवेश निषेध

oznorMB

oznorMB

तनहुँ । तनहुँको सदरमुकाम एवं व्यास नगरपालिकामा पर्ने दमौली बजारमा बिहान र साँझ हेवी तथा मालबहाक सवारी प्रवेश निषेध गर्ने निर्णय गरिएको छ ।

बिहान ९ बजे देखि १०:१५ बजेसम्म र बेलुका(साँझ) ३:३० देखि ५ बजेसम्म मालबहाक सवारी प्रवेश निषेध गर्ने निर्णय गरिएको हो ।

उक्त समयमा कार्यालय, विद्यालय लगाएतको समय हुने भएकाले मालबहाक सवारीलाई बजार प्रवेशमा निषेध गरिएको एकाईले जनाएको छ ।

मंगलबार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको आयोजना र जिल्ला ट्राफिक कार्यालय तनहुँको सहआयोजनामा व्यवसायीहरु संग छलफलमा उक्त निर्णय गरिएको एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताए ।

कार्यालय समय लागु तथा तत् सम्बन्धि सचेतना कार्यक्रमबाट उक्त निर्णय गरिएको सभापति श्रेष्ठले बताए । दमौली बजारलाई भिडभाड रहित बनाउन उक्त निर्णय गरेको सभापति श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा ट्राफिक व्यवस्थापनमा नमुना व्यासनगर बनाउन लागी परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । ‘नमुना बनाउन लागि परेका छौं ‘ प्रमुख रानाभाटले भने ‘यसका लागी सबैको साथ र सहयोग आवश्य रहन्छ ।’ उनले अगाडी थपे ‘व्यवसायीको व्यवसाय नै धरापमा पार्ने उद्धेश्य हाम्रो छैन ।’

विद्यार्थीलाई ट्राफिक नियम बारे सचेतना दिनुपर्ने व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र रेग्मीले बताए । चालक र सहचालकलाई पनि ट्राफिक नियम संगै नयाँ निर्णय बारे जानकारी दिनुपर्ने अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष तिल बहादुर थापाले बताए ।

ट्राफिकको सिठ्ठी सुनेर झिझ्यारो नमान्न प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए । उनले भने ‘गल्ति भए चालक आफैले महसुस गर्नुपर्छ ।’

उक्त कार्यक्रममा व्यास-२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ लगाएतले बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ