पोखरा । सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल, पोखरा महानगरको आयोजनामा मंगलबार पोखरा ८ स्तरिय वडा भेलाले सागर कार्कीको संयोजकत्वमा ९ सदस्यीय वडा संजाल गठन गरेको छ ।
वडा संजालको सहसंयोजकमा विश्वप्रकाश बराल, सदस्य सचिवमा सुनिता लामिछाने र सदस्यहरुमा राजकुमार गिरी, अमित जोशी, सुनिल पोख्रेल, बलराम गिरी, बिनोद भण्डारी र राजु कुँवर सर्वसम्मत चयन भएका छन् ।
भेलाका प्रमुख अतिथि पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सूचना अभियन्ताहरुलाई जनप्रतिनिधिहरुले आफ्ना विरोधीको रुपमा नलिई सहयोगीको रुपमा लिनु पर्ने बताएका थिए ।
कार्यक्रममा वडा सचिव सविता ढुंगानाले आफुले सूचनाको हकको बारेमा चासो दिने गरेकोले सूचना माग्न आउने कुनै पनि नागरिकलाई छिटोभन्दा छिटो उपलब्ध गराउने गरेको अनुभव बताएकी थिईन् ।
संजाल गठनको लागि महानगर संजालका मिडिया संयोजक कृष्ण बहादुर रानाभाटले सहजीकरण गरेका थिए भने सहसंयोजक कुलमाया क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिइन् ।
पोखरा महानगर संजालका संयोजक कृष्ण क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सदस्य सचिव रेशम खड्काले संचालन गरेका थिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो